काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर तथा उपनिर्देशक रामबाबु महतो कोइरीमाथी झन्डै साढै ४ करोड रुपैयाँ अकुत सम्पत्ती आर्जन गरेको आरोप लागेको छ।
कोइरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्धा दायर भएको छ। कोइरी २०४६ देखि २०७८ सम्म काठमाडौं महानगरपालिकामा थिए।

उक्त समयमा उनले गरेको वैध आम्दानी र खर्चका आधारमा झन्डै साढे ४ करोड सम्पत्तीको स्रोत नखुलेको दावी अख्तियारको छ।



