मेघालय : मे ११ तारिखमा विवाह गरेको जोडी हनिमुनका लागि ९ दिनपछि बाहिर निस्कन्छ। आफन्तहरुले नवविवाहित जोडीलाई ह्याप्पी जर्नी भन्दै आशिर्वार्द दिन्छन्।
नवविवाहित जोडी मख्ख देखिन्छ। तर त्यसरी हिँडेको चार दिनपछि उनिहरु परिवारको सम्पर्कबाहिर पुग्छन्। आफन्तहरु अँत्तालिन्छन्।

भारतको मध्य प्रदेशबाट निस्किएको यो जोडी त्यहाँबाट झन्डै २ हजार किलोमिटर दुरीमा रहेको पहाडी क्षेत्रमा पर्ने मेघालय प्रदेशको पर्यटकीय क्षेत्रा घुम्न जाँदा हराएको भन्दै खबर फैलिन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले २५ वर्षीया सोनम रघुबंशी र उनका श्रीमान ३० वर्षीय राजा रघुबंशी हराएको विषयलाई प्राथमिकता दिएर कभर गर्छन्। स्थानीयदेखि केन्द्र सरकारसम्म दबाब बढ्छ। यही घटनाको डेभलपमेन्ट र बाहिर आएका तथ्यहरु सुनेर अहिले मानिसहरु भन्दैछन्- यो कसरी सम्भव हुन सक्छ ?
आजको भिडियोमा हामी अहिले अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको यही विषयमा कुरा गर्ने छौँ।
प्रहरी, स्थानीय र विपद् उद्धारकर्मीहरुको निरन्तरको प्रयाशपछि राजाको शव हराएको झन्डै एक सातापछि खोँचमा भेटिन्छ। शव सड्न लागेको अवस्थामा हुन्छ। घाँटीभन्दा माथीको भागमा चोट देखिन्छ। सुनको सिक्री, औँठी र वालेट पनि उनीसँग भेटिदैन। प्रहरीले राजाको हत्या भएको आशंका गर्छ।
तर सोनम चाहीँ कहाँ गइन् त ? कहाँ छिन् उनी ? की उनको पनि हत्या भयो ? प्रहरीसँग तत्काल अनुमान गर्नुबाहेक कुनै क्लु हुँदैन। सोनम र राजाको चार महिना अघि विवाह पक्का भएको थियो। उनिहरुबीच सम्बन्ध राम्रो देखिन्थ्यो। एक दिन पनि झगडा भएको आफन्तले सुनेका थिएनन्। जे भइरहेको थियो, दुवै परिवार विश्वास नै गर्न सकिरहेका थिएनन्। खासगरी मेघालय सुरक्षित नभएको भन्दै त्यहाँको सरकारदेखि पुलिससम्मको आलोचना भइरहेको थियो।
लामो समयसम्म न हत्यारा पत्ता लाग्यो न त सोनम भेटिइन्। मेघालय प्रहरीले केही गर्न नसकेको भन्दै दुवैका परिवार र आफन्तले दबाब बढाइरहेका थिए। यो केसलाई फेडेरल पुलिसले हेर्नुपर्ने माग उनिहरुले राखिरहेक थिए। गत शुक्रबार सोनम र राजालाई न्याय चाहियो भन्दे प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्र लेखिएको थियो।
यही विषयमा जोडिएर सोमबार सार्वजनिक भएको एउटा समाचार सुनेर मानिसहरु स्तब्ध भए। स्थानीय प्रहरीलाई कोट गर्दै समाचार लेखिएको थियो- हराइरहेको भनिएकी सोनमले उत्तर प्रदेशको घाजिपुर जिल्लामा आत्मसमर्पण गरिन्।
त्यति मात्र होइन- प्रहरीले अन्य ४ जनालाई पनि पक्राउ गरेको समाचारमा उल्लेख थियो।
घटना सुन्दै गर्दा सोनमको योजना र संलग्नतामा राजाको हत्या भएको अनुमान अनुमान लगाउन सकिन्थ्यो। प्रहरीले एक जनालाई उत्तर प्रदेश र अन्य दुई जनालाई मध्य प्रदेशबाट नियन्त्रणमा लिएको थियो। उनिहरु तीनै जना मध्य प्रदेशका थिए। बाँकी एक जनालाई प्रहरीले मेघालयबाट पक्राउ गरेको थियो।
परिवार सोनमले राजाको हत्या गर्न लगाएको भन्ने मान्न तयार छैन। सोनमकै मुखबाट नसुनेसम्म नपत्याउने भन्दै संघीय सरकारले यसमा छानबिन गर्नुपर्ने उनिहरु माग गरिरहेका छन्।
आइतबार राती झन्डै १ बजे घाजिपुरस्थित एक रेस्टुरेन्टमा पुगेर सोनमले त्यस रेस्टुरेन्टका मालिकसँग मोबाइल मागेर आफ्नो परिवारलाई फोन गरेकी थिइन्। त्यसपछि प्रहरी सोनमकहाँ पुगेको थियो।
सोनम नै मुख्य योजनाकार भएको दावी प्रहरीको छ। प्रेसर थाम्न नसकेर सोनम आफै सम्पर्कमा आएको प्रहरीको दावी छ।
पक्राउ परेका ५ जनामध्ये एक जना युवतीका प्रेमी राज कुशवाहा रहेको सार्वजनिक भएको छ। विवाह अघि सोनमकै परिवारले सन्चालन गरेको प्लाई उधोगमा कुशवाल स्टाफ थिए। सोनम त्यहाँ एचआर हेर्थिन्।
प्रहरीका अनुसार राजले तीन जना भाडाका मान्छे पठाएर मेघालयमा राजाको हत्या गर्न लगाएका थिए। उनी भने घटनाका बेला मध्य प्रदेशमै थिए। घटना हुनुअघि सोनम र राज निरन्तर सम्पर्कमा रहेको प्रहरीको दावी छ।
अब पक्राउ परेका सबैमाथी मेघालय प्रहरीले अनुसन्धान गर्ने छ।
मारिएका राजा रघुबंशी मध्य प्रदेशनको इन्दोरका व्यापारी हुन्। उनको ट्रान्सपोर्टको विजनेस थियो। परिवारका तीन छोरामध्ये उनी कान्छा थिए। उनको टाउकोमा अगाडि र पछाडिबाट प्रहार गरेर हत्या भएको पोस्ट मार्टम रिपोर्ट।
मृतक राजाको परिवारले सोनमकै योजनामा हनिमुन मेघालयमा तय भएको दावी गरेको छ। उनिहरुका अनुसार सोनमकै आग्रहमा राजाले आफुसँग भएका सबै गरगहना लगाएर हनिमुन गएका थिए
प्रहरीले सोनम र राजा सम्पर्कबाहिर जानुअघि उनिहरु कहाँ कहाँ पुगेका थिए सबै यकिन गरेको थियो।
। उनिहरु मे २१ तारिख साँझ मेघालयको राजाधानी सिलोङ पुगेको थियो। उनिहरु त्यस दिन एक गेस्ट हाउसमा बसेका थिए। भोलिपल्ट स्कुटी भाडामा लिएर उनिहरु चेरापुन्जीका लागि निस्किएका थिए। त्यस दिन साँझ उनिहरु इस्ट खासी हिल्स जिल्लाको मवलाखियात भन्ने ठाउँमा पुगेर स्कुटी राखी गाइडको सहयोगमा ट्रेकिङ गर्दै सिपारा होमस्टेमा गएर बसेका थिए। मे २३ तारिख बिहान उनिहरु गाइडबिनै मवलाखियात फर्किए।
त्यसपछि त्यहाँबाट निस्किएका उनिहरु एकाएक सम्पर्कविहिन भएका थिए। प्रहरीले अनुसन्धानमा सोनम र राजाले प्रयोग गरेका गाइडसँग पनि कुराकानी गरेको थियो। ती गाइडले हिन्दी भाषामा कुरा गर्ने तीन चार जनालाई उनिहरुसँग देखेको बताएको भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।



