काठमाडौँ — तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकामध्ये दुर्गा प्रसाईसहित ७ जना थुनामा पुगेका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यरात थुनछेक आदेश सुनाएको हो। ३२ जनालाई धरौटीमा छोड्न आदेश भएको छ।

दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा पुगेका छन्।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर भएको थियो ।
त्यसमध्ये आपराधिक उपद्रव अन्तर्गत ११ जना यसअघि धरौटीमा छुटेका थिए।


