काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठको खोजी प्रहरीले तिव्र बनाएको छ।
सोमबार बिहान केशवले अन्याय सहन नसकेको भन्दै माफी माग्दै स्टाटस लेखेका थिए। उनले अप्रिय निर्णय लिन लागेको संकेत गरेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोदेखि अन्य प्रहरी युनिटले पनि खोजि गरिरहेका छन्।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले आफुलाई अपमान र षड्यन्त्रपूर्वक त्यहाँबाट हटाइएको उल्लेख गरकेा छन्। आफुले कानुन बमोजिम गर्न खोज्दा अप्ठेरो पारिएको उनले उल्लेख गरेका छन्।
‘मलाई धेरै दुख दिए, अहिले यो दुख/पीडा सहन अनि सोचन पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘कतैबाट केही साथ सहयोग पाउन सकिनँ।’


