लन्डन। इरान-इजरायलबीच जारी युद्धमा अमेरिका औपचारिक रुपमा सहभागी भएको छ।
अमेरिकाले नेपाली समयअनुसार शनिबार राती इरानका तीनवटा आणविक भट्टी केन्द्रहरुमा हवाई आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार नातान्ज, फोर्डोलगातत आणविक भट्टीहरुमा बम खसालिएको छ। अमेरिकाले आक्रमणका लागि बीटु बम्बर प्रयोग गरेको छ।
पहाडी भुभागभित्र रहेको फोर्डोलाई बीटु बम्बरले मात्र आक्रमण गर्न सक्ने बताइएको थियो। बीटु बम्बर अमेरिकाको हवाई सेनाले प्रयोग गर्छ।
यसअघि इरानमाथी इजरायलले गरेको आक्रमणमा समथर्न गर्दै अमेरिकाले आफु पनि सहभागी हुने निर्णय गरेको थियो। इरानको आणविक उत्पादनको खतरालाई अन्त्य गर्न त्यहाँ आक्रमण गरिरहेको इजरायल र उसका पक्षधरहरुको दावी छ।


