काठमाडौं। सरकारले भिजिट भिषा सेटिङमा छानबिन गर्न पूर्व मुख्य सचिवस्तरीय समिती बनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सेटिङबारे छानबिन गर्न पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका शंकरदास वैरागीको नेतृत्वमा ‘अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ गठन भएको छ।

समितिमा गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्।
समितिलाई ३ महिनाको कार्यादेश दिइएको छ। त्रिभुवन अध्यागमन कार्यालय प्रमुख तिर्थराज भट्टराई भिजिट भिषा सेटिङमा मुछिएपछि प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथी पनि छानबिन गर्न माग राखेर संसद अवरुद्ध गरेका थिए।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा निरन्तर विरोध गर्दै आएको छ। । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अर्को समिती बनाउनु आवश्यक नभएको सरकारले जिकिर गर्दै आएको थियो।
त्रिभुवन विमानस्थलबाट लामो समयदेखि भिजिट भिषा सेटिङमा मानव तस्करी भइरहेको रिपोर्टहरु आएका थिए।



