काठमाडौं। नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटको नेक्स्ट सिजनका लागि फ्रेन्चाइजहरुले धमाधम तयारी थालेका छन्। फ्रेन्चाइजहरुले यतिबेला खेलाडी रिलिज र रिटेन गरिरहेका समाचारले हिमालयन फेस्टिबलको माहोल साँच्नी नै भित्रिरहेको महसुस भइरहेको छ।
हामी सबैलाई थाहा नै छ नेपाल क्रिकेट संघ-क्यानले गत वर्ष इतिहासमै पहिलोपटक नेपाल प्रिमियर लिगको आयोजना गरेको थियो।पहिलो सिजनमै एनपीएल यति धेरै रुचाइएयो की कीर्तिपुर क्रिकेट मैदानमा हरेक जसो खेलमा दर्शकहरु खचाखच भए।

टिकट भएर पनि दर्शकहरुले खेल हेर्न नपाएका समाचारहरु आए। टिकट नपाएर बाहिरैबाटै, खचाखच भिडले खेल हेरिरहेका दृश्यहरु पनि देखिए। अन्तर्राष्ट्रिय मिडियाहरुले पनि एनपीएलको कभरेज गरे, लोकप्रियतालाई देखाए।
पहिलोपटक आयोजना भएको यो फ्रेन्चाइज प्रतियोगिता यति चर्चित होला भनेर स्वयं क्यानलाई विश्वास थिएन। यसका केही कारणहरु थिए- खासगरी फ्रेन्चाइजहरुले प्रतियोगितालाई भव्य बनाउन गरेको तयारी।
प्रतियोगिता अघि फ्रेन्चाइजका नियमित कार्यक्रमहरु, सेलिब्रेटी कलाकारको इनभल्भमेन्ट, विदेशका नाम चलेका खेलाडीहरुको उपस्थिती, उच्च प्रविधिको स्टार स्पोर्ट्सलगायतबाट ब्रोडकास्ट यस्ता थुप्रै कारणहरु थिए। सरकारले समेत चासो देखाएको थियो। ट्रफी अनभेल गर्त त प्रधानमन्त्री केपी ओली नै पुगेका थिए।
सबैभन्दा महत्वपूर्ण चाहीँ फ्रेन्चाइजहरुको लगानी थियो। उनिहरुले खर्च गर्न केही पनि लोभ गरेका थिएनन्।
८ वटा फ्रेन्चाइजहरु हरेकले पहिलो सिजन ७/८ करोड खर्च गरेको हुन सक्ने बताइन्छ। पहिलो सिजन झन्डै एक अर्बको कारोबार भएको क्यानको अनुमान छ।
एनपीएलको नयाँ सिजनसँग जोडिएका हरेक समाचारहरुसँग यी सबै कारणले चासो अत्यधिक छ। यतिबेला फ्रेन्चाइजहरुले गरिरहेका रिलिज र रिटेन नयाँ सिजनको एक महत्वपूर्ण इभेन्ट हो।
यसबाट फ्रेन्चाइजहरुले आफुलाई आवश्यक लाग्ने खेलाडीहरुलाई रिटेन गर्छन् भने अरुलाई रिलिज गर्छन्। पहिलो सिजन खेलाडीको प्रदर्शन कस्तो थियो त्यस आधारमा रिलिज र रिटेनको निर्णय फ्रेन्चाइजहरुले गर्छन्।
केही समय अघि फ्रेन्चाइजहरुसँग नेपाल क्रिकेट संघ-क्यान र एनपीएल गभर्निङ काउन्सिलले चरणवद्ध छलफल गरेको थियो। त्यसमा रिलिज र रिटेन के कसरी गर्ने भन्नेबारे कुराकानी गरेको थियो।
हामीले यस विषयमा क्यान र फ्रेन्चाइजहरुसँग कुराकानी गरेका थियौ। हामीले पाएको जानकारी अनुसार हरेक फ्रेन्चाइजले मार्की खेलाडीबाहेक ४-६ जना खेलाडी रिटेन गर्न सक्छन्। टिममा रहेका बाँकी खेलाडिलाई उनिहरुले रिलिज गर्नुपर्ने छ।
हामीले पाएको जानकारी अनुसार फ्रेन्चाइजहरुले आवश्यक ठाने मार्कीलाई पनि परिवर्तन गर्न सकिने प्रस्ताव गरेका थिए। तर क्यान र गभर्निङ काउन्सिलले गत सिजनकै मार्की खेलाडीलाई निरन्तरता दिन फ्रेन्चाइजहरुलाई आग्रह गरे। पहिलो सिजन पोखरा एभेन्जर्सका कुशल भुर्तेल र विराटनगर किङ्सका सन्दीप लामिछानेको प्रदर्शन उल्लेख्य रहन सकेको थिएन।
फ्रेन्चाइजहरुले पहिलो सिजन अघि भएको अक्सनमा ए क्याटोगोरीका 3, बी क्याटोगोरीका ४ र सी क्याटोगोरीका ३ जना खेलाडीलाई लिएका थिए। एक जना ट्यालेन्ट हन्ट प्लेयरलाई पनि राख्न्नुपर्ने थियो। अन्य ४ देखि ६ जना विदेशी खेलाडी फ्रेन्चाइजहरुले आबद्ध गरेका थिए।
फ्रेन्चाइजहरुले ए ग्रेडका खेलाडीलाई अधिकतम १५ लाख, बी ग्रेडका खेलाडीलाई अधिकतम १० लाख र सी ग्रेडका खेलाडीलाई अधिकतम ५ लाख रुपैयाँ खर्चिए।
अक्सनमा हरेक फ्रेन्चाइजलाई अधिकतम ९० लाख रुपैयाँ खर्च गर्न सक्ने भनिएको थियो। अहिले फ्रेन्चाइजलाई कुन क्याटोगोरीका कति खेलाडी रिलिज गर्न पाउने केही भनिएको छैन। तर पछि मिनि अक्सन हुँदा अहिले रिलिज गर्दा खाली भएको कोटाले फ्रेन्चाइजहरुले फुलफिल गर्नुपर्ने छ।
तपाईलाई जिज्ञासा हुन सक्छ- के रिटेन भएका खेलाडीको पैसा फ्रेन्चाइजहरुले बढाउँछन्। हामीले बुझेअनुसार क्यानले रिटेन प्लेयरको पैसा १० प्रतिशत बढाउन आग्रह गरेको थियो। तर फ्रेन्चाइजहरुले अहिले लगानी मात्र भइरहेको भन्दै पैसा बढाउन नसकिने बताएका थिए। अहिले दिइरहेकै रकम पनि राम्रो भएको उनिहरुले बताएका थिए। क्यान र गभर्निङ काउन्सिल त्यसमा सहमती जनाउँदै ठिकै छ नी त भएका थिए।
विदेशी खेलाडीका सम्बन्धमा यसपटक पोहोरको भन्दा धेरै नाम चलेका खेलाडीहरु आउने आशा फ्रेन्चाइजहरुको छ। टेस्ट राष्ट्रबाट खेलिरहका खेलाडीलाई ल्याउन पाउने लिमिटेसन हट्ने विश्वास फ्रेन्चाइजहरुको छ।
क्यानले पनि उनिहरुलाई त्यस्तो लिमिटेसन यसपटक हट्न सक्ने विश्वास दिलाएको छ। पहिलो सिजन २ वर्षयता टेस्ट राष्ट्रबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका ४ जना खेलाडीलाई मात्र एनपीएलमा आबद्ध गर्न पाउने कोटा दिइएको थियो।


