काठमाडौं – आफ्ना फेसबुक पोेस्टहरुमा अश्लिल कमेन्ट गर्नेहरुमाथी जाई लागेकी गायिका एलिना चौहानसहित समिक्षा अधिकारीको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन्।
शनिबार बिहान ओलीले सामाजिक सन्जालमार्फत गायिकाहरुले ठिक गरेको उल्लेख गरकेा छन्।

‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ’, उनले लेखेका छन्, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’

