काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी छिन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच भण्डारीले आफु एमाले राजनीतिमा सक्रिय भएको घोषणा गरेकी हुन्।
दिंवगत श्रीमान मदन भण्डारीको जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रममा भण्डारीले भनिन्(‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’

मदन भण्डारी एमालेका पूर्व महासचिव हुन्। जिम्मेवारीमा रहेकै वेला विवादास्पद सवारी दुर्घटनामा उनको निधन भएको थियो।जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन्।
आफु राजनीतिमा सक्रिय हुनु पछाडि कुनै विशिष्ट लक्ष्य नभएको बताइन्। २०७२ देखि दुई कार्यकाल उनी राष्ट्रपति बनेकी थिइन्। भण्डारिको यो निर्णयले एमालेमा ठुलै भुकम्प जान सक्ने अनुमान भइरहेको छ।
वर्तमान अध्यक्ष केपी शर्मा ओलीले काउन्टर दिन भण्डारी सक्रिय राजनीतिमा फर्किएको टिप्पणी भइरहेको छ।यद्यपी शनिबारको कार्यक्रममा ओली समेत उपस्थित थिए र बजारमा भइरहेका सबै आशंकाहरुको प्रतिवाद गरेका थिए।



