काठमाडौं। पर्सा प्रहरीले हुन्डी कारोबारीको आशंकामा झन्डै २८ लाख रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पकाहामैनपुरका २६ वर्षीय अनिलकुमार वर्णवाल, विरगन्जको आदर्शटोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुरका ४४ वर्षीय दीपककुमार सोनार रहेका छन्।

विरगन्जको मकालु टोलबाट पक्राउ परेका वर्णवालको साथबाट ९ लाख ४७ हजार रुपैयाँ, कृषि विकाश बैंक लिंक रोडबाट पक्राउ परेका श्रीवास्तवको साथबाट १५ लाख ८१ हजार र रजतजयन्ती चोकबाट पक्राउ परेका सोनारको साथबाट ३ लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।
उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



