काठमाडौं। भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तीले ससुरालीका ४ जनाको हत्या गरेका छन्।

रामप्रसाद राई-२ धोद्लेखानीमा एकै घरका ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र ९ वर्षीय छोरा सपन गिरीको हत्या भएको छ।
ज्वाइँ राजेन्द्र राईले सबै ४ जनाको हत्या गरेँ भन्दै प्रहरी कन्ट्रोलमा मध्यरात खबर गरेका थिए। त्यसपछि प्रहरीले राजेन्द्रले बोलाएको ठाउँमा पुग्दा उनी गम्भिर घाइते अवस्थामा भेटिएका थिए।
राजेन्द्रले एक वर्ष अघि मनिषालाई भगाएर विवाह गरेका थिए। तर केही समय अघि मन्जुले मनिषालाई भोजपुर नगरपालिका पुगेर घर ल्याएकी थिइन्।
त्यसपछि राजेन्द्र श्रीमतीलाई लिन ४/५ दिन अगाडि आइपुगेका थिए। गम्भिर घाइते राजेन्द्रको उपचार भइरहेको छ। मृतक बेलबहादुरका चार छोरी र दुई छोरामध्ये ४ सन्तान काठमाडौंमा थिए।



