काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएपछि भएको पहिलो सेयर कारोबार उत्साहजनक देखिएको छ।
नेपाल सेयर बजार परिसूचक नेप्से आइतबार २९ अंक अर्थात १.०६ प्रतिशतले बढेर २७६०.८० विन्दुमा पुगेको छ। ३ करोड २५ लाख ९२ हजार ३० सेयर खरिदविक्री भएकामा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४ सय ६७ रुपैयाँ कारोबार भएको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष ८२/०८३ का लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। विश्वनाथ पौडेल गभर्नर नियुक्त भएयता उनले पहिलो मौद्रिक नीति ल्याएका हुन। अब यो मौद्रिक नीति हरेक तीन महिनामा समिक्षा हुने छ र आवश्यक परे परिमार्जन गरिने छ।
गभर्नर पौडेलले सेयर बजार, घर जग्गा कारोबार मैत्री मौद्रिक नीति ल्याएका हुन्। उनले यस्तो नीति ल्याउँदैछन् भनेर केही दिनयता चर्चा भइरहेको थियोर। सोही कारण सेयर बजार पनि बढिरहेको थियो। गत बिहीबार नेप्से २५.८९ अंकले बढेको थियो भने झन्डै ९ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको थियो।
पछिल्लो तीन कारोबार दिनमा मात्र नेप्से झन्डै ७७ अंकले बढेको छ।

