काठमाडौं। चिनियाँ कम्पनीको लगानीमा सिन्धुलीको मरिनमा २० अर्ब रुपैयाँ बराबरको भैँसीको मासु प्रसोधन उधोग खुल्ने भएको छ।
छेङ्दु जियान फुड कम्पनीले मरिन-४ मा उधोग स्थापन गर्न उधोग विभागबाट अनुमती पाएको छ। नेपालको हिमालयन फुड इन्टरनेसनल प्राली स्थानीय साझदारका रुपमा रहेको छ।

उधोग २० महिनाभित्र तयार हुने र २ वर्षभित्र त्यसले उत्पादन सुरु गर्ने बताइएको छ। यसले ५ हजारभन्दा बढीलाई रोजगारी दिने छ।
उधोग विभागका अनुसार उक्त उधोगले वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको मासु निर्यात गर्ने लक्ष्य लिएको छ। स्थापनाको सुरुका दिनमा दैनिक ५ सय र पछि दैनिक ५ हजारसम्म भैँसी खपत गर्ने लक्ष्य उधोगको छ।
नेपालमा भैँसीको मासु प्रशोधन केन्द्र स्थापनका लागि केहि समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला सहमती भएको थियो।


