काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनएको चुनाव आगामी अक्टोबरमा हुँदै छ। त्यसका लागि अहिले तयारी भइरहेको छ।
डा. बद्री केसीको दुई कार्यकाल पुरा भएकाले एनआरएनएले नयाँ अनुहारलाई अध्यक्ष पाउँदै छ। तीमध्ये सम्भावित एक नाम हो रोजिना प्रधान राई। हाल उनी उपाध्यक्ष रहेकी छिन्।

एनआरएनए इतिहासमा हालसम्म महिलाहरु अध्यक्ष भएका छैनन्। यसअघि जमुना गुरुङ अध्यक्षका लागि लडेपनि भवन भट्टसँग पराजित भएकी थिइन्।
बेलायत बस्दै आएकी रोजिना केही समययता नेपालमा छिन्। एनआरएनए कार्यसमितिमा आएयता नेपाल आगमन उनको ह्वात्तै बढिरहेको छ। नेपालमा लगानीका विभिन्न प्रोजेक्टहरुमा पनि उनी अग्रसर छिन्।
बेलायतको काउन्सिलरमा पनि हालै निर्वाचित भएर उनले विदेशमा बस्ने नेपाली मुलका लागि उदाहरणीय बनेकि छिन्।
एनआरएनमा महिलाको सहभागिता र सक्रियता, उनको आफ्नो संघर्ष र आगामी नेतृत्वमा उनको सम्भावित उमेद्ध्वारीबारे हामीले रोजिनासँग कुराकानी गरेका छौँ। कुराकानीको युट्युब लिंक यहाँ राखिएको छ।


