काठमाडौं। लगानीकर्तालाई निराश बनाइरहेको नेपाली सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार हरियाली भएर बन्द भएपछि आगामी साता यसले कस्तो दिशा लिएला भन्ने अनुमानहरु हुन थालेका छन्।
साताको पाँचमध्ये तीन दिन राताम्ये भएको सेयर बजार बिहीबार १८.३० अंकले बढेर २ हजार ८ सय ४० दशमलब ३७ विन्दुमा पुगेको छ। कारोबार रकम ८ अर्ब ३३ करोड ९९ लाख रह्यो। अघिल्लो दिन कारोबार रकम ७ अर्ब ४६ करोड ६९ लाख थियो।

पछिल्ला ७ कारोबार दिनमा बजार दुई दिन मात्र बढेको छ भने ५ दिन घटेको छ।
यो साता समग्रमा सेयर बजार करिब ७२ अंकले घट्यो। साउन १३ गतेदेखि बजार झर्न थालेको हो। साउन १२ गते ३ हजार २ दशमलब ०७ विन्दुमा पुगेको थियो।
यो साताको अन्तिम दिन कारोबार रकम र नेप्से दुवै बढेकाले आगामी साता लगानीकर्ता आशावादी देखिएका छन्।


