काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्यानिफ्याक्चरर्स एसोसिएसन-नाइमको आयोजनामा अहिले भृकुटी मण्डपमा प्रदर्शनी भइरहेको छ।
बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा विभिन्न ब्रान्डमा ३५ वटा नयाँ भेहिकल राखिएको छ।

दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका विभिन्न ब्रान्डलाई प्रदर्शनीमा राखिएको छ। ५० भन्दा बढी ब्रान्डहरुले सहभागिता जनाइरहेको नाइमाले जनाएको छ।
एक्स्पो आईतबारसम्म चल्ने छ। नाडा अटो सोलाई टक्कर दिँदै त्यसको पूर्व सन्ध्यामा अटो व्यवाशायीहरुकै अर्को संस्था नाइमाले काठमाडौंमा एक्स्पो आयोजना गरेको हो।


