काठमाडौ। नेपाल प्रिमियर लिग-एनपीएलको लागि शनिबार साँझ भएको मिनि अक्सनमा ४ जना खेलाडी अधिकतम १५ लाख रुपैयाँमा विक्री भएका छन्। पवन सर्राफ, अर्जुन साउद, देव खनाल र आदिल आलम अन्सारी १५ लाख रुपैयाँमा विक्री भए।
उनिहरु सबै चारै जना आबद्ध हुने फ्रेन्चाइजको टुंगो गोलाप्रथाबाट लागेको थियो। एकभन्दा बढी टोलीले अधिकतम रकम कबोल गरेपछि गोलाप्रथाबाट टुंगो लगाउने गरिन्छ।

तीमध्ये आदिल आलमलाई ८ वटै टोलीले अन्तिम समयसम्म बोली लगाएका थिए। गोलाप्रथाबाट काठमाडौं गोर्खाजल आदिललाई पायो। यस्तै चितवन राइनोजले अर्जुन साउद र देव खनाल तथा कर्णाली याक्सले पवन सर्राफलाई पाए।
यी चारै जना खेलाडी ए क्याटोगोरीमा थिए। उक्त क्याटोगोरीका खेलाडीको बेस प्राइस १० लाख रुपैयाँ थियो भने अधिकतम १५ लाख रुपैयाँसम्म बोली लगाउन सकिन्थ्यो।
ए क्याटोगोरीमा रहेका सुनाम गौतम, शरद भेषावकर र सुनिल धमला भने विक्री भएनन्। सुर्य तामाङलाई बेस प्राइसमै विराटनगर किङ्सले भित्र्यायो।
शनिबारको अक्सनपछि आगामी नेपाल प्रिमियर लिग क्रिकेटका लागि ८ वटै फ्रेन्चाइजले ट्यालेन्ट हन्टबाहेक सबै ११/११ जना नेपाली खेलाडीको कोटा पुरा गरेका छन्। तल हेर्नुस्- कुन टिमसँग को को छन् र शनिबार क-कसलाई भित्र्याए ?




