काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज बनेको छ।
नेपाल क्रिकेट संघ-क्यानले वार्षिक न्युनतम २ करोड रुपैयाँ तोकेर सूचना निकालेको थियो। आवेदकमध्ये सबैभन्दा बढी रकम कबोल गरेको आधारमा नासा सेक्युरिटिज छनोट भएको क्यानले जनाएको छ।

नासाले वार्षिक २ करोड ३० लाख ६० हजार रुपैयाँ दिने छ। सम्झौताको अवधि ३ वर्ष रहेको छ। आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ।



