काठमाडौं। हमासद्धारा अपहृत नेपाली युवक विपिन जोशीको रिहाई माग गर्दै इजरायल पुगेका उनकी आमा र बहिनीलाई त्यहाँका राष्ट्पतीले भेटेका छन्।
राष्ट्रपति आईज्याक हरजगले आइतबार आमा पद्मा र बहिनी पुष्पालाई भेटेका हुन्। पुष्पा र पद्माले विपिनको रिहाईका लागि पहल गरिदिन राष्ट्रपति हरजगसँग आग्रह गरेका छन्।

अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमास समूहले इजरायलमा आक्रमण गर्नेक्रममा कब्जामा लिएर लगेको थियो। उनको अवस्था के छ भन्ने अझै यकिन हुन सकेको छैन।
हमासले यसवीचमा कब्जामा लिएका थुप्रैलाई रिहा गरेपनि विपिनलगायत केही अझै बाँकी छन्।


