काठमाडौं। प्रथम गुरुङले मेरो भ्वाइस युनिभर्स सिजन २ उपाधि जितेका छन्। शनिबार साँझ भएको फिनालेमा विजेताका रुपमा प्रथमको नाम घोषणा भएको हो।
उनले एक करोड नेपाली रुपैयाँ पनि पाएका छन्। यस्तै सिटिजन्स लाइफ इन्सुरेन्सबाट ५० लाख रुपैयाँ बराबरको सुरक्षित जिवन विमा पनि प्राप्त गरेका छन्।

टोपराज तामाङ फर्स्ट रनर अप र जुनु प्रसाई सेकेन्ड रनर अप बने। टोपराजले २५ लाख रुपैयाँ र जुनुले १० लाख रुपैयाँ पाएका छन्।
यस्तै मेरो डान्स युनिभर्स सिजन २ विजेता रिस्ता गुरुङ बनेकी छिन्। उनले पनि एक करोड रुपैयाँ पाइन्। हङकङमा बस्दै आएकी रिस्ताले अन्य थुप्रै पुरस्कार जितेकी छिन्।
अमृता राई फर्स्ट रनर अप बन्दै २५ लाख रुपैयाँ जित्न सफल भइन्। उनी सिक्किमबाट सहभागी भएकी थिइन्।


