काठमाडौं। गत आर्थिक वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८१/८२ मा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि छ। अघिल्लो वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९ सय ५७ रहेको छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३,३३,३०९ रहेको छ ।

अघिल्लो आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने ४ लाख ६० हजार एक सय २ थिए भने पुन श्रम स्विकृती लिनेको संख्या २ लाख ८१ हजार एक सय ९५ रहेको थियो।



