काठमाडौं। १७ औँ नाडा अटो सो सम्पन्न भएको छ। स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आइतबार नाडा अटो सोको समापन गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उद्घाटन गरेको यस अटो सोलाई एक लाख ७६ हजार ७ सय ८९ जनाले अवलोकन गरेको नाडाले जनाएको छ।
प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरु राखिएका थिए। उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो ।

सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समेत मद्धत पुग्ने नाडाको अपेक्षा छ।
यस पटकको अटो शोमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल दिपाल, एमएडब्लु अटो कर्प प्रा.लिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि.ले जितेको छ ।
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड म्ँक्प् श्री अद्धेत इभि प्रा.लि.ले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड हिट्को प्रा.लि.ले जितेको छ ।



