रौतहटको गौरमा भएको रुविकुमारी शाहको हत्यामा प्रहरीले सुरुदेखि खोजिरहेका लक्ष्मण पासवान बुधबार बिहानै माधवनरायण नगरपालिका-६ नम्बर वडामा पर्ने माधोपुरमा जलिरहेको अवस्थामा भेटिए।
प्रहरीले त्यसअघि लक्ष्मणको तिव्र तरिकाले खोजि गरिरहेको थियो। किनभने लक्ष्मणले आफु आगो लगाएर मर्न लागेको भिडियो रेकर्ड गरेर सामाजिक सन्जालमा राखेका थिए। प्रहरी दबाब र तनावमा थियो। प्रहरीले सम्भावित सबै ठाउँमा लक्ष्मणलाई खोजि गरिरहेका थिए।

किनभने लक्ष्मणले प्रहरीले आफुलाई भेट्न नसक्ने भिडियोमा बोलेको सुनिन्छ। प्रहरीलाई हाइसन्चो के थियो भने उनिहरुले अनुमान गरेजस्तै, भिडियोमार्फत लक्ष्मणले रुवीको हत्या स्विकारेका थिए।
तर दोषीलाई पक्राउ गरेर कानुनी कारबाही गराउनु उनिहरुको जिम्मेवारी र सफलता हुने थियो। सोही कारण लक्ष्मणलाई जसरी पनि जिवितै पक्राउ गर्न प्रहरी चाहन्थ्यो।
आइतबार बिहान वेवारिसे अवस्थामा सडकमा रहेको सुटकेशभित्र रुवि कुमारी शाहको शव भेटिएपछि प्रहरीको राडरमा थिए लक्ष्मण। रुवी र लक्ष्मणबीच प्रेम सम्बन्ध रहेको गाइगुई प्रहरीले सुनेको थियो।
गौरमा रहेको लक्ष्मणको डेरा कोठामा रुविसँग सम्बन्धित केही सामग्रीहरु भेटिएका थिए। लक्ष्मण सम्पर्कमा थिएनन्। सोही कारण प्रहरीले लगभग लक्ष्मणकै संलग्नता रहेको निश्कर्ष निकालेको थियो।
करिब १० मिनेट लामो भिडियोमा लक्ष्मणले किन रुविको हत्या गरेर र उनि किन आफ्नो शरिरमा आगो लगाउँदैछन् भन्नेबारे बोलेका छन्।
भारतीय युवकसँग विवाह गरेपनि रुवि केही वर्षयता माइति नजिकै डेरा लिएर छोरा पढाएर बसिरहेकी थिइन्। माइतकी आमालाई पनि उनले साथमा राखेकी थिइन्। रुवि बेलाबखत श्रीमान भेट्न जान्थिन्।
शनिबार साँझ ब्युटिपार्लर जान्छु भनेर निस्किएकी सम्पर्कविहिन भएकी थिइन्। आमासँग अन्तिमपटक फोनमा कुराकानी भएको झन्डै ४ घण्टामा गौर नगरपालिका-९ स्थित सडकमा वेवारिसे सुटकेश भेटिएको थियो। प्रहरीले रातभर कुरेर भोलिपल्ट मात्र खोलेर हेर्दा त्यहाँ महिलाको शव भेटिएको थियो।
लक्ष्मणले सामाजिक सन्जालमा राखेको भिडियोमा रुबीकै इच्छाअनुसार उनको हत्या गरेको उनको भनाई छ।
रुविले आफ्नो आमाबाट चरम यातना पाएको, उनीमाथी ब्ल्याकमेलिङ गरेर यौन शोषणा भएकोजस्ता दावी गर्दै बाँच्न नचाहेको उल्लेख गरेका छन्। आफु मर्छु भन्दा रुविले नमानेको लक्ष्मणले भनेका छन्।
लक्ष्मणका अनुसार रुवि र उनिबीच स्कुलदेखि प्रेम सम्बन्ध थियो। १० कक्षापछि उनिहरुले भागी विवाह गरेका थिए। भारत र नेपालको सर्लाहीमा कोर्ट म्यारिज गरेको उनले भनेका छन्।
तर आफ्नो कमजोर आर्थिक अवस्थाका कारण रुविकै आमाले आफुहरुलाई छुटाएको लक्ष्मणले भनेका छन्। त्यसयता सुन चाँदी जोड्न नसकेको भनेर आमाले रुविलाई लगातार गाली गर्ने गरेको र आफ्नै नाम लिएर पनि उनलाई यातना दिने गरेको लक्ष्मणले भनेका छन्।
पैसाका लागि आमाले रुविलाई विभिन्न पुरुषहरुसँग बस्न पठाउने गरेको, देवरले नुहाइरहेको भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै शारिरिक सम्बन्धका लागि बाध्य पारेको पनि लक्ष्मणले उल्लेख गरेका छन्। यी कुराहरु रुविले आफुलाई बारम्बार भनेको उनको दावी छ। प्रहरिका अनुसार लक्ष्मण तीन साता अघि मात्र नेपाल आएकी हुन्। उनी लामो समय मलेसियामा रोजगारी गरेर बसेका थिए। नेपाल आएपछि उनले रुविसँग सम्बन्ध राख्नकै लागि डेरा लिएका थिए।
आ-आफ्नो घर गृहस्थी चलाउने र दुई जनाबीच सम्बन्ध राख्न डेरा लिएर बस्ने सल्लाह भए बमोजिम त्यसो गरेको लक्ष्मणले उल्लेख गरेका छन्। तर अचानक रुविले आफुलाई मार्नु भनेपछि उक्त निर्णय लिएको लक्ष्मणले भिडियोमा भनेका छन्।
दुनियाँलाई माया के हो भनेर देखाउन रुविको ज्यान लिएको र आफुले भिडियो रेकर्ड गरेर आत्महत्या गर्न लागेको लक्ष्मणले भनेका छन्। रुवि आफ्नो ज्यान भएको, उनीबिना बाँच्न नसक्ने र उनीसँगै रहन आफुले आत्महत्या गर्न लागेको भनेका छन्।
भिडियोको अन्तिमतिर रुविको ज्यान लिएबापत आफुलाई कुनै कानुनले भन्दा आफैले बढी सजाय गर्न नसक्ने भन्दै आगो लगाएर मर्न लागेको उल्लेख गरेका छन्।
घटनापछि बाहिर आएका भिडियोहरुमा लक्ष्मणको छातीमा रुविको तस्विर र हातमा रुवीको नाममा ट्याटु खोपेको देखिन्छ। केहीले लक्ष्मण पासवान कथित तल्लो जातकै भएको कारण रुविकुमारी शाहको परिवारले उनिहरुबीचको प्रेम सम्बन्धलाई नरुचाएको हुन सक्ने भनेर टिप्पणी गरिरहेका छन्।
लक्ष्मणले ज्यानमा आगो लगाएकै दिन उनको बुधबार साँझ मृत्यु भएको छ।


