काठमाडौं। सरकारले फेसबुक,युट्युबलगायत २६ वटा सामाजिक सन्जाललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
सूचिकरण हुन नआएको भन्दै म्याद सकिएलगत्तै सूचना तथा सन्चार मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको छ। पछिल्लोपटक ७ दिनको म्याद दिइएको थियो।

फेसबुक, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, ट्वीटर,इन्स्टाग्रामलगायत सामाजिक सन्जाल अब प्रतिबन्धित हुनेछन्। तर सूचिकरण हुन आएलगत्तै प्रतिबन्ध फुकुवा गरिने मन्त्रालयले जनाएको छ।
कानुन बमोजिम सामाजिक सन्जालहरु सूचिकृत भएर मात्र सन्चालन हुनुुपर्ने प्रावधान छ। यस्तै हालै मात्र सर्वोच्च अदालतले सामाजिक सन्जाललाई दर्ता तथा सूचिकरण गरेर मात्र सन्चालन गर्ने व्यवस्था मिलाउन आदेश गरेको थियो।
टिकटक, भाइबर, निम्बज, विटक,पोपो लाइभ जस्ता सामाजिक सन्जाल भने सन्चालनमा रहनेछन्।



