काठमाडौं। पूर्व प्रधान न्यायधिश नेतृत्वको अन्तरिम सरकारमा दुई जना मन्त्री थपिएका छन्। सामाजिक अभियन्ता बब्लु गुप्ता र पूर्व स्वास्थ्य सचिव सुधा शर्मा गौतम मन्त्रि बनेका छन्। गुप्ता खेलकुद मन्त्री र शर्मा स्वास्थ्य मन्त्री बनेका छन्।
दुई जना भने अन्तिम समयमा आएर मन्त्रि बन्नबाट रोकिएका छन्। दलित अभियन्ता खगेन्द्र सुनार र संरक्षणकर्मी गणपतीलाल श्रेष्ठको नाम मन्त्री बन्ने सूचीबाट काटिएको हो। सुनार फरार अभियुक्त भएको समाचारहरु आएका थिए। श्रेष्ठको पृष्ठभूमी पनि विवादित रहेको भन्दै सामाजिक सन्जालमा टिप्पणी भइरहेको थियो। विभिन्न सन्चार माध्यमसँग बोल्दै श्रेष्ठले आफैले अस्विकार गरेको दावी गरेका छन्।

उनिहरुबारे सामाजिक सन्जालमा विवाद उठेपछि प्रधानमन्त्री कार्कीले दुई जनालाई मात्र मन्त्रि सिफारिस गरेकी हुन्। जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकार तेस्रोपटक विस्तार भएको हो। कार्कीले पहिलोपटक तीन जना र दोस्रोपटक चार जनालाई मन्त्री बनाएकी थिइन्।
पूर्व अर्थसचिव रामेश्वर खनाल, विधुत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल पहिलो लटमा मन्त्री बनेका थिए। दोस्रो लटमा पत्रकार जगदिश खरेल, पूर्व न्यायधिश अनिल सिन्हा, महाबिर पुन र मदन परियार मन्त्री बने।
फागुन २१ गते चुनाव गराउने जिम्मेवारी पाएको यो सरकारमा १२ सदस्यीय मन्त्री मन्डल बनाउने तयारी प्रधानमन्त्री कार्कीको छ।



