काठमाडौं। नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको ट्रिपएडभाइजर ट्राभलर्स च्वाइस अवार्ड २०२५ प्राप्त गरेको छ। यो सम्मानले गुरु ट्राभल्सलाई विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीमध्ये एकको रुपमा मान्यता दिएको छ।
ट्रिप एडभाजरको यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छ। यसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरूलाई सम्मान गर्छ।

गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले भने, ‘ट्रिप एडभाइजरद्वारा प्रदान गरिएको यो सम्मान हाम्रो टिमको मिहिनेत र ग्राहकहरूको विश्वासको नतिजा हो। यसले हामीलाई अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको छ।’
नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी भएको गुरु ट्राभल्स लिमिटेडले पारदर्शी मूल्य प्रणाली, व्यक्तिगत सेवा, अत्याधुनिक प्रविधि र विश्वसनीय बुकिङ प्रणालीमार्फत पर्यटन व्यवसायमा नयाँ स्तर स्थापना गरेको छ।
कम्पनीले देशभित्रका र अन्तर्राष्ट्रिय टुर प्याकेजहरू, हवाई टिकटिङ, होटल बुकिङ, भिसा सेवा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन र सवारी भाडा सेवा लगायतका सम्पूर्ण यात्रा सम्बन्धी सुविधाहरू एकै स्थानबाट उपलब्ध गराउँदै आएको छ।



