काठमाडौं– चीनले सुन कारोबारमा दिँदै आएको कर छुट हटाएको छ।
चिनियाँ अर्थ मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार नोभेम्बर १ (कात्तिक १५) देखि खुद्रा व्यापारीहरूले सांघाइ गोल्ड एक्सचेन्जबाट खरिद गरेको सुन बिक्री गर्दा त्यसबापतको मूल्य अभिवृद्धि कर (भ्याट) कटौती गर्न नपाउने भएका छन्।

ब्लूमबर्गका अनुसार नयाँ व्यवस्था अन्तर्गत सुन प्रत्यक्ष बिक्री भए वा प्रशोधनपछि बिक्री भए पनि कर कटौती गर्न पाइने छैन। यो नियम उच्च-शुद्धताका सुनका बार, इन्गोट र चीनको केन्द्रीय बैंकले स्वीकृत गरेका सिक्का मात्र नभइ गहना तथा औद्योगिक प्रयोजनका सुनमा पनि लागु हुनेछ।
चीनमा सुन महँगो हुने भएपछि नेपालको बाटो हुँदै भारततर्फ हुँदै आएको अवैध सुन तस्करीमा पनि कमी आउने अपेक्षा गरिएको छ।
सुनको मुल्य पछिल्लो समय ऐतिहासिक मुल्यमा पुगेको थियो।



