काठमाडौं । चालु आर्थिक वर्षमा ५ वटा मात्र वाणिज्य बैंकको नाफा बढेको छ। १४ वटा बैंकको भने नाफा घटेको छ। समग्रमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रूपैयाँ नाफा कमाएका थिए । नाफा बढाउनेमा बैंकको सूचीमा ग्लोबल आईएमई बैंक अगाडी छ।
चालु आर्थिक वर्षको सुरुको तीन महिनामा यस बैंकले १ अर्ब ८५ करोड ५८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।
ग्लोबलसहित नबिल बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कुमारी बैंक प्रत्येकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।



