काठमाडौं। बाराको सिमरामा जेनजी र एमाले कार्यकर्ताबीच झडप भएको छ।
बारामा हुन लागेको एक कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जान लागेका महेश बस्नेतको विरोधमा जेनजीहरुले प्रदर्शन गरेपछि एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए।

आक्रमणबाट केही जेनजीहरु घाइते भएका छन्। त्यसपछि कर्फ्यु जारी गरिएको थियो। तनावबीच सिमरा विमानस्थलको प्रवेशद्धारमा तोडफोड भएको थियो।
यो घटना राष्ट्रिय चासोको विषय बनिरहेको छ। प्रधानमन्त्री शुसिला कार्कीले पनि चिन्ता व्यक्त गरेकी छिन्। यस्तै विभिन्न राजनीतिक दलहरुले जेनजीका गतिविधिमाथी आपत्ती जनाएका छन्।



