काठमाडौं-चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ हजारभन्दा बढी विधुतीय गाडी आयात भएका छन्। भन्सार विभागका अनुसार
साउनदेखि कात्तिक मसान्तसम्ममा ७ खर्ब ५४ करोड रुपैयाँ भन्दा बढीका ३२ सय २ विद्युतीय कार , जिप र भ्यान नेपाल भित्रिएका छन्।

विभागका अनुसार चालु आवको ४ महिनामै ५० किलोवाट सम्ममा १ हजार २ वटा, ५१ देखि १०० किलोवाटसम्मका १८ सय २६ वटा, १०१ देखि २०० किलोवाटसम्मका ३ सय ७४ वटा र २०१ किलोवाट माथिका १ वटा विद्युतीय सवारी आयात भएको छ।
यी गाडीको आयातबाट राज्यले ४ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको विभागको तथ्यांक छ।


