काठमाडौ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा झन्डै साढे ९ लाख स्मार्टफोन नेपाल भित्रिएका छन्।
भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म ९ लाख ४३ हजार ८ सय २६ थान स्मार्ट फोन आयात गरिएको छ।

यी स्मार्ट फोनको मुल्य १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ पर्छ।
गत आर्थिक वर्षको सोही अवधिमा ८ लाख २७ हजार ९२५ थान स्मार्ट फोन नेपाल भित्रिएको थियो।


