काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले वैदेशिक व्यापारमा ५ खर्ब १५ अर्ब घाटा व्यहोरेको छ ।
भन्सार विभागले पछिल्लो तथ्यांक हालै सार्वजनिक गरेको छ। विभागका अनुसार निर्यात ७७.५१ प्रतिशतले बढेपनि ब्यापार घाटा उच्च देखिएको छ।

भन्सार विभागका अनुसार कात्तिक महिनासम्म नेपालले ६ खर्ब ९ अर्ब ४५ करोडको बस्तु आयात गर्दा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।
आयात पनि १८.७१ प्रतिशतले बढेको छ।
आयात र निर्यातमा वृद्धिसँगै कूल वैदेशिक व्यापार पनि २४.१८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।


