काठमाडौं। फागुन २१ गते हुने चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपति कार्यालयले स्विकृती दिएको छ।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रि परिषद्को सिफारिसमा स्विकृती दिने निर्णय भएको जनाएको छ। केही दिन अघि मन्त्रि परिषद् बैठकले सेना परिचालन गर्न सिफारिस गरेको थियो।

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
२०८४ मा हुनुपर्ने चुनाव जेनजी आन्दोलनपछि दुई वर्ष अगावै हुन लागेको हो। जेनजीको केही समूह भने आफ्ना मागहरु सम्बोधन नभएको भन्दै चुनाव हुन नदिने बताइरहेको छ।




