काठमाडौं। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक-एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपा प्रवेश गरेका छन्।
शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यबहाक सभापती डीपी अर्याललगायतले उनलाई स्वागत गरे। पोखरेल २०८१ भदौमा नेपाल प्रहरीको एआईजीबाट अवकाश भएका थिए।

त्यसअघि उनी १७ महिना सिनियर एआईजी भएर पनि आईजिपी नियुक्त हुन सकेका थिएनन्। तत्कालिन सरकारले धिरज प्रताप सिंहलाई रातारात एआईजी बनाएर पछि आईजिपीमा बढुवा गरेको थियो।
आफुमाथी राजनीतिक शक्ति केन्द्रले अन्याय गरेको र चरम पदीय दुरुपयोग भएको दावी पोखरेलले गर्दै आएका छन्। पोखरेलले रास्वपा प्रवेश गर्दै पार्टी अध्यक्ष रवि लामिछानेमाथी अन्याय भएको र त्यसविरुद्ध लड्ने बताए।



