काठमाडौँ- जेनजी पुस्ताका पत्रकार गौरव पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने तयारी गरेका छन्। सबैभन्दा लामो समय लगातार अन्तर्वार्ता लिएर विश्व कीर्तिमान बनाउने तयारी उनि यतिबेला गरिरहेका छन्र
लगातार १ सय घण्टा अन्तर्वार्ता लिने तयारी पौडेलको छ। केही वर्षअघि पत्रकार रवि लामिछानेले ६१ घण्टा ५ मिनेटको निरन्तर अन्तर्वार्ता लिएर नेपालको नाम विश्वसामु चम्काएका थिए। तर उक्त रेकर्ड पछि विदेशी टोलीले तोडेर नयाँ कीर्तिमान बनायो।
अब सोही रेकर्डलाई फेरि नेपालमै फर्काउने ऐतिहासिक मिशन लिएर युवा पत्रकार न्भल श पत्रकार तथा गौरव पौडेल अघि बढेका छन्।

१०० घण्टा लगातार—अर्थात् चार दिन चार रात—नेपालका विभिन्न विशिष्ट व्यक्तित्व, कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमीदेखि मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासम्मसँग निरन्तर अन्तर्वार्ता लिँदै नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य पौडेलको छ। यो अन्तर्वार्ताको क्रममा लोकप्रिय र चर्चित पात्र सहित राष्ट्रियस्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको सहभागिता सुनिश्चित गरिएको छ।
नेपालमा पहिलोपटक यति लामो अवधिको, बिना रोकावट चल्ने, प्रोफेशनल टेलिभिजन सेटअपमा आधारित अन्तर्वार्ता म्याराथन हुन लागेको हो।
सम्पूर्ण प्राविधिक सहयोग, प्रसारण तयारी, स्वास्थ्य सुरक्षा व्यवस्थादेखि मनोवैज्ञानिक काउन्सेलिङसम्मको व्यवस्था मिलाइएको आयोजक टीमले जनाएको छ। विश्व रेकर्ड फर्काउने मात्र होइन, नेपाली पत्रकारिताको चुनौती, क्षमता र लगनलाई विश्व सामु पुनः प्रमाणित गर्ने लक्ष्य यो परियोजनाको मूल मनसाय रहेको छ।
यो अभियान सफल भएमा नेपालले पुनः एकपटक विश्व मिडिया क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्नेछ। आयोजक पक्षले नेपाली जनताबाट हौसला र सकारात्मक ऊर्जाका लागि अपिल गरेको छ।


