काठमाडौं । नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा दिँदै आइरहेको नेपालको पहिलो र एकमात्र अकुपञ्चरको हस्पिटल ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेशनको रूपमा स्थापना भएको ओम ब्लु लोटस हेल्थ होम प्रालीले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ।
ललितपुरको एक होटलमा सम्पन्न समारोहमा अध्यक्ष सुरज कर्माचार्य, प्नबन्ध निर्देशक बद्री बहादुर कार्कीसहित विभिन्न शाखाका चिकित्सक, प्रशासनिक अधिकृत र कर्मचारीहरू सहित संस्थाका सबै कर्मचारीहरूको उसहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले ‘नेपालका सबै नागरिकले सहज र विशेषज्ञ स्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकून्’ भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए । उनले उपचारको क्रममा कल्पना भन्दा निकै धेरै बिरामीहरूको विश्वास, माया र सद्भाव प्राप्त भएको अनुभव बताउँदै यसले आफूलाई अझ जिम्मेवार बनाएको भावना व्यक्त गरे ।
प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीले प्रबन्ध निर्देशनको भूमिकामा मन्तव्य राख्दै संस्थाको सुरुवाती संघर्ष, हालको सफलता र आगामी लक्ष्यबारे गहिरो भावनात्मक शैलीमा स्पष्ट धारणा व्यक्त गरे। कार्यक्रममा उनले सबै कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘ब्लु लोटसको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति तपाईंहरू नै हुनुहुन्छ। तपाईंहरूको निष्ठा, मेहनत र समर्पणले आजको यो संस्था निर्माण गरेको हो।’
त्यसैगरी, वरिष्ठ चिकित्सकहरू झुलाराम अधिकारी, कमल शर्मालगायतले संक्षेपमा मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगति र अकुपञ्चर क्षेत्रमै पुर्याएको योगदानको चर्चा गरे।
उनीहरूले व्यवस्थापनलाई बधाई तथा शुभकामना व्यक्त गरे। अकुपञ्चर क्षेत्रमा योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीहरूलाई सम्मानपत्र पनि वितरण गरिएको थियो। त्यसैगरी, वर्षको उत्कृष्ट कर्मचारीको रूपमा सजिना भण्डारी र सर्वोत्कृष्ट कर्मचारीको रूपमा अस्मिता चौधरी भए।
हेल्थ होमले विशेषगरी हड्डी खिइएको, नसा च्यापिएको, ढाड, कम्मर, गर्दन दुख्ने, हातखुट्टा झमझमाउने, पोल्ने, सिल्ला हान्ने, गल्ने, जोर्नी दुख्ने, माइग्रेन तथा टाउको दुख्ने लगायतका सयौँ प्रकारका रोगहरूको अकुपञ्चर र फिजियोथेरापी विशेषज्ञ चिकित्सकहरूको मार्फत निरन्तर सेवा प्रदान गर्दै आएको छ।

