काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ। रास्वपा नेता असिम शाहको एका कार्यालयमा भएको भेटघाटले राजनीतिक तरङ्ग सृजना गरेको छ।
रास्वपा आगामी प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उमेद्ध्वारका रुपमा अघि सारेर जाने तयारीमा रहेको छ। यही सन्दर्भमा रविले बालेनलाई भेटेका हुन्।

धरौटीमा थुनामुक्त भएलगत्तै रविको राजनीतिक सक्रियता बढेको छ। उनी गत साता छुटेका थिए। त्यसयता उनले प्रधानमन्त्री सुशिला कार्कीसँग पनि भेट गरिसकेका छन्।
बालेनसँग रविको भेटको नतिजा उत्साहजनक रहेको शाहले सामाजिक सन्जालमा लेखेका छन्।
उनी फेसबुकमा लेख्छन् – अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपाली लाई बधाई।
रवि र बालेनबीच झन्डै ६ घण्टा वार्ता भएको थियो।

