काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ।
उनिहरुसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरले पनि उक्त कारबाही गरिएको छ। ५ वर्षसम्मका लागि उक्त कारबाही गरिएको छ। बुधबार संस्थापन पक्षधर केन्द्रीय कमिटीले उनिहरुलाई कारबाही गर्ने निर्णय गरेको हो। उनिहरुको पक्षमा उभिएका अन्यलाई भने पार्टी फर्कन भनिएको छ।

गगन र विश्वप्रकाशको अगुवाईमा अहिले पार्टीको विशेष महाधिवेशन भइरहेको छ। यसलाई संस्थापन पक्षले विधान विपरित भन्दै मानिरहेको छैन। विशेष महाधिवेशन पक्षधरसँग सहमती जुट्न नसकेपछि कारबाहीको निर्णयमा सभापती शेरबहादुर देउवा पुगेका हुन्।
यता विशेष महाधिवेशनले गगनको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै छ। दुवै पक्षले आफुहरु नै नेपाली कांग्रेसको आधिकारिक भएको दावी गरिरहेका छन्।



