काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले गगन थापालाई पार्टी सभापती चयन गरेको छ। बुधबार राती सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतीमा निर्विरोध चयन गरेको हो।
सभापतीमा थापाको मात्र उमेद्ध्वारी परेको थियो। अन्य पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गर्न निवेदन दिएका थिए। तर केन्द्रीय समितीले महाधिवेशन आह्वान नगरेपछि महाधिवेशन प्रतिनिधिले नै आयोजना गरेका हुन्।

संस्थापन पक्षधरले यो विशेष महाधिवेशनलाई विधानविपरित भएको बताउँदै आएको थियो। बुधबार मात्र गगन र विश्वप्रकाशलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निश्कान गरेको थियो। यतिबेला गगन पक्षधरले आफुहरु नै आधिकारिक नेपाली कांग्रेस भएको बताइरहेका छन्।
उनिहरुले निर्वाचन आयोगमा पनि अद्यावधिकका लागि निवेदन दिएका छन्। प्रत्यक्ष निर्वाचनको पूर्व सन्ध्यामा अब निर्वाचन आयोगले कसलाई नेपाली कांग्रेसको आधिकारिता दिन्छ, महत्वपूर्ण बनेको छ।



