काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वले पूर्णता पाएको छ।
नव निर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले केन्द्रीय कार्य समितीलाई पूर्णता दिएका छन्। पुस २५ गते सम्पन्न निर्वाचनले उप्रेतीलाई अध्यक्ष बनाएको थियो। २९ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन भएको छ। केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी चुनिएका छन्।

संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई तथा उपाध्यक्षहरुमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्। महासचिव मिलनबाबु मल्ल चुनिए। सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठकले जिम्मेवारी पाएका छन्।
संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चुनिएका छन्।
साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र,
दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह छन्। अध्यक्षले दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरीलाई मनोनित गरेका छन्।


