काठमाडौं। नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले उधोगी व्यवशायी मैत्री वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन्।
सोमबार भेट्न आइपुगेको नेपाल उधोग वाणिज्य महासंघ-एफएनसीसीआई प्रतिनिधिसँग कुरा गर्दै वाग्लेले अब उधोगीले कुनैपनि बहानामा दुख नपाउने बताए।

उधोगी व्यवशायीलाई नवनियुक्त अर्थमन्त्री वाग्लेले भने, ‘ अब घु स खुवाउन, कामकाजमा लाइन लाग्न र थुनि नु पर्दैन।’ अध्यक्ष चन्द्र ढकाल नेतृत्वको एफएनसीसीआई प्रतिनिधि टोलीले अर्थमन्त्रीलाई भेटेको हो।


