काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको भाडा दोब्बर बढाएको छ। पश्चिम एसियामा जारी इरान-इजरायल द्वन्द्वले ऊर्जा क्षेत्र नराम्ररी प्रभावित भएपछि मुल्य महँगिएको हो। त्यसको असर नेपालमा पनि प्रत्यक्ष देखिएको छ।
निगमले मंगलबार गरेको नयाँ मूल्य समायोजनअनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ, जुन अहिलेसम्मकै उच्च हो।

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौं मा हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर पुगेको छ। पोखरा मा ८०१ डलरबाट बढेर १,७३२ डलर पुगेको छ भने भैरहवा मा ७८९ डलरबाट बढेर १,७१६ डलर निर्धारण गरिएको छ।



