काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डिपि अर्याल समामुख बन्ने पक्का भएको छ।
आइतबार हुने सभामुखको निर्वाचनका लागि अर्यालको मात्र उमेद्धवारी परेपछि उनी सभामुख बन्ने पक्का भएको हो। अर्याल यसअघी बालेन सरकारमा गृहमन्त्री बन्ने चर्चा थियो।

तर सुदन गुरुङले गृह मन्त्रालय दावी गरेपछि रास्वपाले अर्याललाई ब्याक गराएको थियो। संसदमा झन्डै २ तिहाई बहुमत रास्वपाको भएका कारण अन्य दलले उमेद्ध्वारी दिने आँट गर्न सकेनन् वा आवश्यक ठानेनन्।
अर्याल काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी अघिल्लोपटक पनि प्रत्यक्षतर्फ निर्वाचित सांसद थिए। रवि लामिछाने थुनामा रहेका बेला पार्टीको कार्यबहाक सभापतीको जिम्मेवारी अर्यालले नै पाएका थिए।


