काठमाडौं। अमेरिका/इजरायल र इरानबीच जारी युद्ध दुई साताका लागि रोकिएको छ।
दुवै पक्षले दुई साताका लागि युद्ध रोक्न सहमती जनाएका हुन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुहरुसँग सम्झौता गर्न इरानलाई ४८ घण्टाको समय दिएका थिए जुन नेपाली समयअनुसार बुधबार बिहान सकिँदै थियो।

त्यसअघि अमेेरिकाले इरानमा भिषण आक्रमणको तयारी गरिरहेको थियो। ट्रम्पले इरानको सम्पूर्ण सभ्यता नै सखाप बनाउने चेतावनी दिएका थिए। पाकिस्तानको मध्यस्थतामा दुई साताको युद्ध विराम भएको हो। यो अवधिमा युद्धमा सहभागी कुनैपनि पक्षमाथी आक्रमण नहुने बताइएको छ।


