काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पदबाट राजिनामा दिएका छन्। विचौलिया कनेक्सन र सम्पत्ती स्रोत विवादलाई लिएर उनले राजिनामा दिएको घोषणा गरेका छन्।
यसअघि श्रीमती नियुक्ती विवादमा बालेन सरकारका श्रम मन्त्री दीपककुमार शाहलाई जिम्मेवारीबाट पार्टीले फिर्ता बोलाइएको थियो। सुदनले भने पार्टीले कुनै निर्णय लिनु अघि नै आफै राजिनामा दिएका हुन्।

जेनजी आन्दो लनपछि रातारात राजनीतिक दृश्यमा देखिएका सुदनले त्यसपछि जेनजी नेताका रुपमा सेनादेखि अन्तरिम सरकार गठनमा समन्वय गरेका थिए।
प्रतिनिधि सभाको पूर्व सन्ध्यामा उनको समन्वयमा बालेन समूह र रास्वपाबीच एकता भएको थियो। अन्तिम समयमा उनी आफैपनि रास्वपा प्रवेश गरेर गोरखाबाट चुनाव उठेका थिए। सहजै चुनाव जितेका गुरुङ बालेन सरकारमा गृह मन्त्री बने। अन्तिम समयमसम्म पनि उनी मन्त्रीसम्म पनि बन्ने चर्चा थिएन।
सम्पत्ती शुद्धिकरण प्रकरणमा पक्राउ परेका विचौलिया दीपक भट्टको कम्पनीमा सुदनको पनि सेयर देखिएपछि उनी विवादमा तानिएका थिए।


