काठमाडौं। लिपुलेक पास हुँदै भारत र चीनले कैलाश मानसरोबर यात्रा सन्चालन गर्ने विषयले पुन नेपाल र दक्षिण छिमेकीबीचको सिमा विवाद चर्किएको छ। नेपाल सरकारले आफ्नो भूभागबाट दुई देशले कैलाश मानसरोबर यात्रा सन्चालन गर्न लागेको भन्दै कुटनीतिक नोट पठाएको छ।

भारतले पनि त्यसको कडा प्रतिवाद गरेको छ। उसले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो दावी गर्नु अघि आधार हिन् भएको उल्लेख गरेको छ। दुवै देशले पछिल्लो विवादमा मिडियाका प्रश्नहरुको जवाफ दिएका छन्।



