काठमाडौं। आगामी आर्थिक वर्षका लागि बालेन सरकारले ल्याएको अनुमानित बजेटले जागिरेलाई खुसीयाली दिएको छ। सरकारले व्यक्तिगत आयकरतर्फ व्यापक हेरफेर गरेको छ। अब वार्षिक १० लाख रुपैयाँसम्म आय गर्नेले एक प्रतिशत मात्र कर तिर्नुपर्ने छ।
यसअघि यो सिमा ६ लाख रुपैयाँ थियो। १० देखि १५ लाखसम्म आय गर्नेले १० प्रतिशत आयकर बुझाउनुपर्ने छ। १५ देखि २५ लाख रुपैयाँसम्म आय गर्नेले २० प्रतिशत कर तिर्नुपर्ने छ।

२५ देखि ४० लाख रुपैयाँसम्म आय हुनेले २७ प्रतिशत र त्यसभन्दा जति आय भएपनि २९ प्रतिशत व्यक्तिगत आय कर तिर्नुपर्ने छ।
यसअघि ६ देखि ८ लाख रुपैयाँसम्म आय हुनेले १० प्रतिशत, ८ देखि ११ लाखसम्म आय हुनेले २० प्रतिशत, ११ देखि २० लाखसम्म आय हुनेले ३० प्रतिशत र २० देखि ५० लाख रुपैयाँसम्म आय हुनेले ३६ प्रतिशत र ५० लाख रुपैयाँभन्दा बढी आय हुनेले ३९ प्रतिशत व्यक्तिगत आय कर तिर्नुपर्ने थियो।

