काठमाडौं। सरकारले निजि विधालय र निजि अस्पतालमा ३ प्रतिशत अतिरिक्त कर लगाउने भएको छ। निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा ३ प्रतिशतका दरले ‘शिक्षा समता शुल्क’ तिर्नुपर्ने भएको छ।
निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय, प्राविधिक शिक्षालय लगायत शिक्षा प्रदान निकायलाई यो कर लागु हुने छ। यस्तै

‘स्वास्थ्य समता शुल्क’ लागू गर्दै निजी अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत अतिरिक्त शुल्क लगाउने व्यवस्था गरिएको छ।
सरकारले विद्युत् उपभोगमा पनि नयाँ कर व्यवस्था गरेको छ। ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरिएको छ।

