काठमाडौं। छनोट प्रतियोगितामा शानदार जितसहित नेपाल आगामी एसियन गेम्स पुगेको छ। सिंगापुरमा भएको छनोटअन्तर्गत पहिलो खेलमा पहिलो खेलमा चिनलाई २ सय २१ रनले हराएको नेपालले दोस्रो खेलमा बिहीबार मलेसियामाथी एक सय ६७ रनको जित हात पार्यो।
यी दुवै खेलमा ओपनर कुशल भुर्तेलले सतक बनाए। उनी टी-२० अन्तर्राष्ट्रियका लगातार खेलमा सतक बनाउने पहिलो नेपाली ब्याटर हुन्। मलेसियाविरुद्ध नेपालले २ सय ७६ रनको लक्ष्य दिएको थियो।

कुशलले ५४ बलमा १ सय २६ रन बनाए। मलेसिया १ सय ८ रनमा सिमित भयो। नेपालका शेर मल्लले तीन तथा करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने , दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक एक विकेट लिए।

