काठमाडौं- शसस्त्र प्रहरी बल-एपीएफले नेपाल भित्रिएका चिनियाँ कम्पनी बीवाईडीका ७७४ गाडी नियन्त्रणमा लिएको छ। मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका ७ सय ७४ वटा चिनियाँ कम्पनी बीवाईडीका गाडी शसस्त्रले नियन्त्रणमा लिएको छ। बीवाईडीको नेपाल वितरक साइमेक्स इंकले ती गाडी भित्र्याएको थियो। बजेटमा कर बढ्ने सूचना पाएर साइमेक्स इंकले कागजमा मात्र जाँचपास गराएको आरोप लागेको छ।
गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएकाे र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेकाे सशस्त्र प्रहरीले जनाएको छ।

बजेटमा करका दर हेरफेर हुने सूचना पहिले प्राप्त गर्दा साइमेक्स इंकले गाडीहरु पहिल्यै ल्याएको आशंका गरिएको छ।
साइमेक्सले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा एटो टू नेपाल भित्र्याएको छ। यसैगरी साइमेक्सले सिलायन सेभेन १ सय ४५, एटो वान ४ सय ९ र एटो थ्री २ वटा गरी एक महिनामै १ हजार ३ सय ९६ वटा सवारी जाँचपास गरेको थियो। साइमेक्सले नेपालमा सवारी बिक्री गर्न थालेपछि एकै महिनामा भित्र्याएको सवारीको संख्या अहिलेसम्मकै बढी हो।
यतिबेला यो घटनामाथी छानबिन सुरु भइसकेको छ।

